काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइ प्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
उहाँले आज सामाजिक सञ्जाल मार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालमा विशेष वार्ड, आइसीयूल गायतको तयारी गर्न आग्रह गर्नुभएको छ
पूर्वप्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकालाई खोप शुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गर्नुभएको छ ।






























