GB Koirala Banner Ad New

प्रिमियर लिगमा न्यूक्यासलको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गयराति भएको खेलमा न्यूक्यासल युनाइटेड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटी न्यूक्यासल युनाइटेडसँग ४–२ ले पराजित भयो ।

पहिलो हाफमा दुई गोल गरेको न्यूक्यासलले दोस्रो हाफमा थप दुई गोल गरेर दुई गोल खायो । न्यूक्यासलका लागि क्यालम विल्सनले दुई तथा जो विलक र पल डुमेले एक–एक गोल गरे ।

लेस्टर सिटीका मार्क अलब्राइटन र केलिची इहिनाचोले समान एक–एक गोल गरे ।जितपछि १३ औं स्थानको न्यूक्यासलको ३५ खेलबाट ३९ अंक भएको छ भने पराजित भएको लेस्टर सिटी ६३ अंकसहित तेस्रो स्थानमा छ ।