GB Koirala Banner Ad New

राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार : पशुपतिशमशेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘घन्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामर्थ्यवान छ । अत्यन्त अप्ठ्याराे परिस्थिति छ । त्यही अप्ठ्याराे परिस्थिति सामना गर्न यो पार्टी, यसको नेतृत्व सामना गर्न भनेर अघि बढेको छ । यो पार्टीले त्यो समस्या सामना गर्छ, गर्छ, गर्छ ।’

उनले गत चुनाव र उपचुनावमा पनि घन्टी बजेको भन्दै घन्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गरे। संसद् भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुन सक्ने बताउँदै उनले अप्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सामर्थ्यवान भएको दाबी गरे।