आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेमा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।
ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ सो सुविधा सुचारु गरिएको जनाइएको छ ।
आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौतास्वरुप अब ग्राहकले आफ्नो एनएमबि बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सकिनेछ ।






























