काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले दिँउसो चार बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
नेपालको संविधानअनुसार प्रत्येक जेठको १५ गते बजेट ल्याउने प्रावधान भए पनि गएको जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारको तयारी छ ।
यद्यपि विभिन्न क्षेत्रका विज्ञले अध्यादेशमार्फत बजेट ल्याउन नहुने र ल्याए पनि कामचलाउका रूपमा ल्याउनु पर्ने बताउँदै आएका छन् ।






























