GB Koirala Banner Ad New

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर संरचना परिमार्जन

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण भएको छ । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कामय भएको छ । यसअघि बैंकमा संस्थापक समूहको हिस्सा ५४.८५ प्रतिशत र सर्वसाधारण समूहको ४४.१५ प्रतिशत रहेको थियो ।

हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५ पैसा छ ।