काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । केन्द्रीय बैंकले हालका गभर्नर अधिकारीको हस्ताक्षर भएको नोट चलनचल्तीमा ल्याउन ल्याएको हो ।
बैंकले साबिककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्मका २० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको हो। नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको छाप पनि रहेको छ।
यसैगरी नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा २०७९ लेखिएको छ । नोटको पृष्ठ भागको मध्यमा दुई बार्हसिङ्गेको चित्र रहेको छ भने मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ ।