GB Koirala Banner Ad New

एसियाली खेलकुदको करातेमा एरिका फाइनलमा

काठमाडौं । १९औँ एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहमा नेपाली कराते खेलाडी एरिका गुरुङ फाइनलमा प्रवेश गरेकी छन् । यसँगै करातेमा नेपालले पदक पक्का गरेको छ ।

सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८-४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरिन् ।

फाइनलमा एरिकाले कजाखस्तानकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् । फिलिपिन्सकी खेलाडीलाई पराजित गर्दै काजखस्तानकी सोफ्या बेर्लुत्सुभा फाइनल प्रवेश गरेकी हुन् । फाइनल प्रवेशसँगै एरिकाले रजत पदक पक्का गरेकी हुन् ।

अब स्वर्ण पदकका लागि उनले आजै खेल्नेछिन् । यदि फाइनलमा कजाखस्तानकी खेलाडीलाई हराएमा एरिका एसियाली खेलकुदमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् ।

एसियाली खेलकुदमा नेपालको दोस्रो पदक पक्का भएको हो । यसअघि नेपाली महिला कबड्डी टिमले कास्य पदक जितेको थियो ।