GB Koirala Banner Ad New

प्रधानमन्त्री प्रचण्डको घोषणा – बझाङ भूकम्पका प्रभावितलाई तत्काल ५० हजार उपलब्ध गराउने

काठमाडौं, १९ असोज । गत मंगलबार र त्यसपछि विविभन्न समयमा बझाङ र त्यसको आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पमबाट प्रभावित बनेकाहरुलाई सरकारले तत्काल ५० हजार रकम उपलब्ध गारउने घोषणा गरेको छ ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहतिका नेताहरु भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि पुगेका थिए । उक्त अवलोकनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट घर भत्किएकाहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने र नयाँ घर बनाउनका लागि २ लाख उपलब्ध गराउने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्‍याएका घरहरूको अवलोकन गरेका थिए। गत मंगलबार आएको भूकम्पले एक जनाको मृत्यु र घर तथा भवनमा क्षति पुर्‍याएको थियो।