GB Koirala Banner Ad New

दशैंका लागि अग्रिम टिकट बुकिङ २२ असोजदेखि

दशैंका लागि असोज २२ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो ।

आज शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचछलफल भएको थियो । अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने र कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गर्ने भएको छ ।