GB Koirala Banner Ad New

सुनुवाइ समितिबाट प्रस्तावित ६ राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ राजदूतहरूको नाम अनुमोदन गरेको छ।

सरकारले विभिन्न देश र नियोगमा गरेका ६ राजदूतको सुनुवाइ गर्दै समितिले अनुमोदन गर्ने निर्णय गरेको समिति सचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए। संसदीय समितिले बुधबार तीन र बिहीबार तीनजनाको सुनुवाइ गरेको हो।

संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कका लागि लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभाका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्यान्डका लागि धनबहादुर ओली, युएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साल राजदूतमा सिफारिस भएका थिए।

सुनुवाइ समितिको कार्यविधि अनुसार योग्यता अनुभवका साथ जिम्मेवारी बहन गर्ने विषयमा प्रस्तावित राजदूतसँग छलफल गरेको र उजुरीहरूमाथि समेत छलफल गरेर अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अनुमोदित भएका राजदूतको नाम सम्बन्धित देशमा एग्रिमोका लागि पठाइने र स्वीकृत भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।