प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का रूपमा संजीव मानन्धर नियुक्त भएका छन्।
बुधबार भएको बैंकको सञ्चालक समितिको बैठकले बैंकको सिइओको भूमिकामा मानन्धरलाई नियुक्त गरिएको हो।
नयाँ सिइओ संजीव मानन्धर स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत थिए। कायममुकायम सिइओ मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ।
स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतका रूपमा व्यवस्थपकीय नेतृत्वमा नारायणदास मानन्धर थिए। उनको कार्यकाल मंगलबार समाप्त भएको हो।
तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरू गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग समेत आवद्ध रही कार्य गरिसकेका छन्।
अवकाशप्राप्त नारायणदास मानन्धर भने विगत १६ वर्षदेखि प्राइम कमर्सियल बैंकमा सिइओ थिए। विदाई कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै अध्यक्ष श्री राजेन्द्रदास श्रेष्ठले यस बैंकलाई नयाँ उँचाईमा पुर्याउन नारायणदास मानन्धरको उल्लेख्य भूमिका रहेको धारणा व्यक्त गरे।






























