GB Koirala Banner Ad New

क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् ।

बिहीबार सांसद ज्ञानबहादुर शाहीले राखेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले यो विषयमा दोषी देखिए आफू जेल जानसमेत तयार बताएका हुन्।

‘त्यतिवेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो। उहाँहरूसमेतले रुजु गरिसकेको विषय हो यो। यसलाई अहिले राजनीतिक आग्रह–पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैँ आश्चर्यमा परेको छु। आवश्यक परे छानबिन गर्न तयार छु,’ उनले भने ।

पटक-पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ , उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए ।