GB Koirala Banner Ad New

२५ दिनपछि शेयर कारोबार रकमले अर्ब नाघ्यो

काठमाडौं ।२५ करोबार दिनपछि कारोबार रकमले १ अर्ब नाघेको छ ।

केही समयदेखि सुस्त रहेको शेयर बजारमा सकारात्मक माहोल शुरू हुन थालेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ दशमलव ७५ प्रतिशत अर्थात् ३२ दशमलव ३० अंक बढेर १ हजार ८७७ दशमलव ३२ विन्दुमा पुगेको छ । यस दिन २६४ धितोपत्रको ४४ लाख २२ हजार १८६ कित्ता ३२ हजार ५७९ पटकमा रू. १ अर्ब ४७ करोड बराबर कारोबार भएको छ ।

आजको कारोबारमा हिमालय उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । हिमालय उर्जा विकासको शेयर मूल्य रू. २८१ दशमलव ६० र आत्मनिर्भर लघुवित्तको रू. १ हजार २६ दशमलव ७० पुगेको छ ।

बिहीवार समूहगत परिसूचक समग्र बढेका छन् । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव ७५ प्रतिशत बढेको छ । त्यस्तै दोस्रोमा व्यापार समूहको परिसूचक ३ दशमलव ७१ प्रतिशत वृद्धि भएको हो । सेन्सेटिभ इन्डेक्स १ दशमलव ४८, फ्लोट इन्डेक्स १ दशमलव ७४ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ५४ प्रतिशत वृद्धि भएका छन् ।