GB Koirala Banner Ad New

रेमिट्यान्स बढेको कारणले विदेशी मुद्राको सञ्चितीले करिब १० महिनाको आयात धान्न सक्ने—नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्र बैंकले नेपालको बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको जानकारी दिएको हो ।

नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे जानकारी दिन राष्ट्र बैंकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको हो । गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्र पूर्ण सुरक्षित अवस्थामा रहेको जानकारी दिए ।

वैदेशिक रोजगारीका क्रममा विदेश जाने नेपालीहरुको संख्या बढ्दै जाँदा रेमिट्यान्स आउने क्रम बढेको र यही कारणले विदेशी मुद्राको सञ्चितीले करिब १० महिनाको आयात धान्न सक्ने उनले बताए ।

उनले भने, ‘वित्तीय क्षेत्र सुरक्षित छ र सानातिना धक्काले अफ्ठेरो पर्ने अवस्था हामी देख्दैंनौं ।’

गत वर्षसम्म नेपालको बाह्य क्षेत्र चापमा रहेपनि यतिबेला सुधार भइसकेको स्थिति छ । गत वर्षसम्म विदेशी मुद्राको सञ्चिती रित्तिँदो अवस्थामा थियो भने चालू खाता र घाटा र आयात ह्वात्तै बढेको थियो तर, यतिबेला यी सबै पक्ष सुधारात्मक अवस्थामा रहेको गभर्नर अधिकारीले बताएका हुन् ।