GB Koirala Banner Ad New

जनमत पार्टीको कार्यालयमा सांसद खानलाई निलम्बनको माग गर्दै धर्ना

काठमाडौं। खानलाई निलम्बन गर्न माग गर्दै राष्ट्रिय एकता अभियानले जनमत पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।

अभियानले पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद अब्दुल खानले अश्लिल हर्कत गरेको भन्दै उनलाई निलम्बनको माग गरेको हो ।

सांसद खानले एक महिलासँग भर्चुअल माध्यममा अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो  तर खानले भने त्यो भिडियो देखाएर आफूसँग भारतीय गिरोहले रकम माग गरेको र रकम नदिएपछि सामाजिक सञ्जालमा हालेको बताएका छन्  र उनले भिडियोमा देखिएको गतिविधि आफूले नगरेको दाबी पनि गरेका छन् ।

राष्ट्रिय एकता अभियानले यसअघि गत शुक्रबार सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको थियो ।