नयाँ उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सकिए लगतै उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । उनले आज भएको निर्वाचनमा निर्वाचन आयोगका अनुसार संघीय सांसद तर्फ– १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ गरी कुल ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उपराष्ट्रपति निर्वाचनको चयनका लागि शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म नयाँबानेश्वरस्थित संघीय संसद भवनमा निर्वाचन चलेको थियो ।
उपराष्ट्रपति पदका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता जसपाका रामसहायप्रसाद यादव र जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा चुनावी प्रतिस्पर्धामा थिए ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभा सदस्य मतदाता हुन् ।
उपराष्ट्रपतिमा संघीय संसदका ३११ सांसद र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन् ।
बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन्































