काठमाडौं । तारकेश्वर नगरपालिका-१ साङ्ला बस्ने बिष्णु तामाङको छोरा १ वर्षीय आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।































