काठमाडौं । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुर्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका छन् ।
हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरिएको भन्दै उनले न्यूनतमभन्दा कम रकम सम्वन्धी स्थानीय तहले उपलब्ध गराउने बताएका छन ।
सरकारले बालबालिकाको दिवा खाजाका लागि ८ अर्ब ७३ करोड रुपैयाँ छुट्याएको पनि उनले जानकारी दिएका छन । सरकारले आधारभूत तहमा विद्यार्थी भर्नादर यस वर्ष शतप्रतिशत पुर्याउने लक्ष्य लिएको उनले बताएका छन् ।






























