ललितपुर । ललितपुर महानगरपालिकालाई विभिन्न संघ संस्थाले कोभिडको उपचारका लागि कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएका छन् । नेपाल रायपिड एक्सन टास्कफोर्स समूह अन्तर्गत नेपाल राईजिङ र गुथि लगायतले ५ थान कन्सन्ट्रेटर मेसिन महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई हस्तान्तरण गराएका हुन् ।
मेयर महर्जनले कोभिड संक्रमणबाट मुक्त भएका तर अक्सिजन चाहिनेहरूलाई समेत अक्सिजन उपलब्ध गराउने प्रयास भइरहेको बताउनु भयो । समूहले विभिन्न अस्पताल र आईसोलेसन सेन्टरमा ३० थान अक्सिजन सिलिन्डर र १० थान कन्सन्ट्रेटर मेसिन वितरण गरिसकेको छ ।






























