GB Koirala Banner Ad New

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले (COVID-19) महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सातवटै प्रदेशका अस्पताल/आइसोलेसन केन्द्रहरुलाई सहयोग स्वरुप रु. ४९००००० रकम प्रदान

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई प्रति अस्पताल/आइसोलेसन केन्द्र रु।७,००,०००का दरले जम्मा रु. ४९,००,००० (उन्पचास लाख रुपैंया) रकम सहयोग गरेको छ ।
उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताल लाईप्रदान गरिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायीत्वलाई प्राथमिकतामा राखी समय समयमा बिभिन्न संघसंस्था लाई सहयोग गर्दै आएकोमा मुलुकमा (COVID-19) को संक्रमण बाट उत्पन्न बिसम परिस्थितिमा नेपाल सरकारको तिनै तहका सरकारहरु बाट सोको रोकथाम, नियन्त्रण र उपचारमा भएको पहकद्मीको हार्दिक सराहना गर्दै वहाँहरु सँग हातेमालो गर्ने निर्णय स्वरूपसहयोगरकम प्रदान गरिएको छ ।