काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जाको सुरक्षामा तैनाथ दि फेमस महिन्द्रदल गण अन्तर्गतमा संचालन भइरहेको “अपरेशन महाहण्ट ७” मा खटिएको नेपाली सेनाको सुरक्षा गुल्म सुन्दरीजल र सुरक्षा पोष्ट मुलखर्कको संयुक्त टोली र निकुञ्जत प्रशासन सहितको टोलीहरुले २०७८/२/१२ गते निकुञ्जुको कोर ईलाका चिलाउनेबाट १५ के.जी. बदेलको मासु सहित काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.१, चिलाउने निवासी वर्ष ५० का धन बहादुर तामाङलाई बा २९ प १५७९ नम्बरको मोटरसाईकलमा सुन्दरीजल तर्फ जादै गरेको अवस्थामा पक्राउ गरिएको छ ।
निज व्यक्तिलाई सुरक्षार्थ खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको छ ।
त्यस्तै, पर्सा राष्ट्रिय निकुञ्जनको सुरक्षार्थ तैनाथ सिद्धिबक्सन गणको सुरक्षा पोष्ट चकरी र निकुञ्जद प्रशासन सहितको संयुक्त टोलीले २०७८र०२र१२ गते मकवानपुर, मनहरी गा.पा. वडा नं ३ तल्लो सुकौरामा अवस्थित कमेरो खोल्सा र फरिन खोल्साको वन जंगलमा रुख विरुवा कटान गरी खनजोत गरेर बाली लगाउने र छाप्रो बनाई निकुञ्जको जंगल अतिक्रमण गर्ने मनहरी गा.पा. वडा नं ३ निवासी बर्ष ६३ का रामलाल थिङ्गलाई पक्राउ गरी निकुञ्ज प्रशासन कार्यालयमा दोहोरो भरपाई गरी बुझाइएको छ ।
त्यसैगरी, प्रकृति संरक्षण कार्यलाई प्रभावकारी बनाउन र निकुञ्जमा हुने अवैध चोरी शिकारीलाई नियन्त्रण गर्नको लागि खप्तड राष्ट्रिय निकुञ्जमको सुरक्षार्थ तैनाथ सिंह शार्दुल गुल्मको पट्रोल टोलीले २०७८/२/१३ गते छन्नाि गाउँपालिका ५ स्थित घोडादाउन्नार पाटन निकुञ्जोको कोर ईलाकामा अवैध रुपमा जडीबुटी संकलन गरिरहेका ४ जना व्यक्तिहरुलाई (काँचो-३५ के.जी.), वन लसुन (काँचो-८ के.जी.) र गदाल्नो (काँचो-१.५ के.जी.) जडीबुटी सहित पक्राउ गरी निकुञ्ज प्रशासन कार्यालयमा दोहोरो भरपाई गरी बुझाइएको छ ।































