काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘इन्स्योरेन्स प्रिमियम भुक्तानी को ७ मा ७ अफर’ ल्याएको छ। नयाँ अफर अन्तर्गत कनेक्ट आईपीएस मार्फत जीवन बीमाको बीमाशुल्क भुक्तानी गर्ने सात जना भाग्यशाली विजेताहरुले प्रत्येक ७ दिन ७ जनाले रु एक हजारसम्मको प्रिमियम रकम फिर्ता पाउने छन्।
यस्तै एकजना भाग्यशालीले बीमाशुल्क भुक्तानी बराबरको पूरा वा अधिकतम २५ हजार रुपैयाँ सम्मको रकम फिर्ता प्राप्त गर्नेछ ।
यस योजना जेठ १३ गतेदेखि ७ हप्तासम्म अर्थात असार ३० गतेसम्म लागू हुनेछ। यो अफर केनेक्ट आईपीएसवेभ, मोबाइल एप (वित्तीय कारोबार ट्याबाट सुरु गरिएको) छ । क्लियरिङ हाउसको आधिकारिक पेजबाट साताको प्रत्येक बिहिबार विजेता घोषणा गर्नेछ ।




























