GB Koirala Banner Ad New

काठमाडौंमा भोलिदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार (भोलि)देखि अत्यावश्यक बाहेकका कार्यालय बन्द हुने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने छन् ।

काठमाडौं प्रशासनले आज एक सूचना निकाल्दै कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि यस्तो निर्णय गरिएको जनाएको छ ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लामा रहेका कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ, प्रशासनले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।

सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिई न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।