GB Koirala Banner Ad New

९ महिनामा कति भित्रियो रेमिट्यान्स ?

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १६.५ प्रतिशत ले बढेको छ । चैतसम्म ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशत ले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशत ले बढेर ६ अर्ब १९ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशत ले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ह्वातै घट्यो

चैत महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशत ले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशत ले बढेको थियो । यता, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ५५.७ प्रतिशत ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५ प्रतिशत ले बढेको थियो ।