काठमाडौं । चीन गएको नेपाल एअरलाइन्सको जहाज अक्सिजन सिलिण्डर र भेण्टीलेटर लिन आज नेपाल फर्किदैछ । हिजो राति बेइजिङ गएको नेपाल एअरलाइन्सको वाइडबडी जहाज दिउँसो २ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।
जहाजले चार सय थान खाली अक्सिजन सिलिण्डर, एक सय १० थान अक्सिनज कन्सन्ट्रेटर र १० वटा भेण्टिलेटर ल्याउनेछ ।चीनले दिने २० हजार खाली सिलिण्डर मध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याइँदैछ । बीस हजार सिलिण्डर मध्ये दुई हजार विमानबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याउने योजना छ ।































