काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको ८।४२५ लाभांश सुरक्षित गर्ने आज वैशाख २८ गते मंगलबार अन्तिम दिन हो । कम्पनीले जेठ १० गते बस्ने वार्षिक साधारण सभामा ८% बोनस र कर प्रयोजनका लागि ०.४२% नगद गरी कुल ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यसका लागि वैशाख २९ गते बुधबार बुक क्लोज हुने भएकाले मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश सुरक्षित गर्न सक्नेछन् ।
एभरेष्ट इन्स्योरेन्सले २६औं वार्षिक साधारण सभा गर्न लागेको हो । सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार, काठमाडौंमा दिउसो २ बजेदेखि भिडियो कन्फरेन्समार्फत सुरु हुनेछ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । साथै, आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।





























