GB Koirala Banner Ad New

भक्तपुरमा अक्सिजन नपाएर दुई सङ्क्रमितको ज्यान गयो

भक्तपुर ।  अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकै साथ दुई कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

भक्तपुर कौशलटारमा रहेको भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

भक्तपुरका अस्पतालहरूमा अक्सिजनको अभाव भइरहेको उहाँको भनाइ थियो । उहाँले त्यस अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दा खोज्दै सङ्क्रमितको ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरि उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् । रासस