GB Koirala Banner Ad New

ग्लोबल आइएमई बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु एक करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युट अन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो।

शुक्रबार बैंकमा आयोजित एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष  प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएकोछ।

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनादेखि नै सामाजिक हितका कार्यलाई विशेष जोड दिएर अगाडि बढेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले समाजपयोगी यस कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनु भयो।

उहाँले कोभिड– १९ को अहिलेको महामारीले पनि अस्पताल जस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता महशुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

इन्स्टिच्युटकाअध्यक्ष डा. कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल रगम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठमा बहु विशिष्टिकृत अस्पतालको निर्माण गर्न गइरहेको बताउनु भयो।

साथै यस इन्स्टिट्युटले बाँकी अन्य प्रदेशहरुमा पनि सोही प्रकृतिको सेट लाइट अस्पतालहरु सञ्चालन गर्न गइरहेको उहाँले बताउनु भयो। डा। कोइरालाले बैंकले गरेको उक्त सहयोगले भावी पुस्ताको स्वास्थ्यका निमित्त महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो।

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनादेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्दै आएको छ।