GB Koirala Banner Ad New

भारतीय यात्रुलाई होटलमा क्वारेन्टाइन

काठमाडौ । नेपाल सरकारले भारतबाट आउने यात्रुलाई राख्नका लागि ८ वटा होटलका ४२८ वटा कोठा तयार पारेको छ । संस्कृति,पर्यटन तथा नागरिक उडयान मन्त्रालयका अनुसार भारतसँग भएको एयर बबल सम्झौता अनुसार हवाई मार्ग भइ नेपाल आउने यात्रुलाई १० दिन अनिवार्य क्वाराइनटाइ बस्नुपर्ने सम्झौता अनुसार ती यात्रु राख्नका लागि होटल तयार पारिएको छ ।

मन्त्रालयका सुचना अधिकारी प्रेम सुबेदीका अनुसार ८ वटा होटलमा गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरस्थित माधव होटल, एयरपोर्टस्थित एयरपोर्ट होटल, गौशलामा रहेका आमादब्लम, रिडर्स इन, आनन्द आश्रम र जगातीमा रहेका फार्म हाउस रिसोर्ट र ए वान रिसोर्ट क्वाराइन्टाइनका लागि तयार गरिएका छन् ।

यात्रुलाई विमानसस्थलबाट होटलसम्म लैजानुका साथै खाना तथा बसोबासको व्यवस्था गर्ने गरी मिलाइएको छ । एयरपोर्ट पिकअप, लजिङ र फुडिङसहित बढीमा प्रतिव्यक्ति प्रतिदिन ३ हजार रुपैयाँ लिन सक्ने गरी होटलको दर समेत कायम गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।

यात्रु र होटलले स्वास्थ्य मापदण्डको पालना गरे नगरेको सम्बन्धमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरी सोको दैनिक प्रतिवेदन नियमित रुपमा सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेश गर्नु पर्नेछ।

No description available.