काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा स्थगित भएको छ । जेठ २ गते बस्ने भनिएको वार्षिक साधारण सभा विशेष कारणबस अर्को सूचना प्रकासित नभएसम्मका लागि रद्द गरिएको नाडेपले जानकारी गराएको छ ।
कम्पनीले यसअघि जारी गरेको साधारण सभा सम्बन्धी सूचनामा हाल कायम रहेको सेयर संरचना परिमार्जन गरी ५१ः४९ बनाउने प्रस्ताव रहेको थियो ।
अहिले संस्थापक समूहको ७०% र सर्वसाधारणको ३०% सेयर स्वामित्व रहेको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा भने छैन । कम्पनीले रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा साधारण सभा गर्ने जनाएको थियो
। यता, डिप्रोक्स लघुवित्तले नाडेपाई एक्वायर गर्ने तयारी गरेको छ । दुवै कम्पनीबीच एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।
एक्विजिसन प्रक्रियामा रहेकाले गत पुस १७ गतेदेखि नाडेपको सेयर कारोबार बन्द छ । धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेपले ४६ जिल्लामा ७८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । हाल नाडेपको चुक्ता पुँजी ४० करोड ४८ लाख रूपैयाँ रहेको छ ।


























