GB Koirala Banner Ad New

महालेखा नियन्त्रक कार्यालय नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर)बाट सम्मानित

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालय नेशनल आइसिटी अवार्ड(पब्लिक सेक्टर)बाट सम्मानित भएको छ । सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगको उच्च मूल्याङ्कन गर्दै चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८’ का अवसरमा कार्यालयलाई सो सम्मान प्रदान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री पार्वत गुरुङले महालेखा नियन्त्रक मधु कुमार मरासिनीलाई सम्मान हस्तान्तरण गरेका थिए ।

सम्मानबाट सार्वजनिक वित्तीय व्यवस्थापनको क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न कार्यालयलाई थप हौसला र ऊर्जा प्राप्त भएको प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए ।