काठमाडौ । आज राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष क.पुष्पराज श्रेष्ठको नेतृत्वमा काठमाडौंको कोटेश्वरमा नयाँ भेरियन्ट कोरोना (कोभिड(१९) भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको हेल्प डेक्सलाई माक्स,सेनिटाइजर,ग्लोब्स,खानेपानी लगायतका सामाग्री संघका अध्यक्ष क. बचन बहादुर सिंहले हस्तान्तरण गर्नुभएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा संघका सह–अध्यक्ष क.किरण पौडेल,महासचिव क.रमेश आचार्य ,सचिव क.बिष्णुराज बि.सि, स्थायी कमिटि सदस्य द्वय क.निरोज पौडेल र क.राजु खाती ञसहदेवझ, आयोग सचिव क.बाबु छत्कुली ,सचिवालय सदस्य क. मन्जिव क्षेत्री लगायतको सहभागीता रहेको थियोे ।
हाल सम्म राष्ट्रिय युवा संंघ नेपालले काठमाडौं उपत्यका भित्र ५ ठाउँ (नयाँ बानेश्वर ,गोंगबु ,कलंकी ,भक्तपुर र कोटेश्वर) मा हेल्प डेक्स स्थापना गरेको छ भने संघले काठमाडौं उपत्यका भित्र हेल्पडेक्सलाई नागढुङ्गा ,स्वयम्भू ,चावहिल, बौद्व, ठमेल, जगाती, लगनखेल,मंगलबजार लगायतका ठाउँमा विस्तार गर्ने योजना बनाएको छ ।































