GB Koirala Banner Ad New

काेराेना महामारी व्यापक फैलियाे

काठमाडौ । हिजो २०७८ बैशाख १९ गते बेलुकी नेपाल सरकारले प्रकाशित गरेको जानकारी अनुसार नेपालमा ३,३६,०३० कुल कोरोना रोगीहरुको संख्या पुगेको छ।

मर्नेहरुको कुल संख्या ३,३२५ पुगेको छ । नेपालभर हिजो बैशाख १९ गते साँझ सम्म ७,१३७ नयाँ कोरोना रोग संक्रमित रोगीहरु भेटिएका छन ।

हिजो बैशाख १९ गते नेपाल सरकारले १६,०७७ पीसीआरटी परीक्षण गरेको थियो र त्यसबाट नेपालमा कोरोना रोगीहरुको संख्या ४४.३९२ प्रतिशत रहेको पुष्टी भएको छ । माघ १४ गतेबाट नेपाल सरकारले कोराेना बिरुद्धको खोप लगाउन नेपाल भर सुरु गरेको थियो ।

भारतबाट नेपाली जनतालाई उपहारको रुपमा प्राप्त १० लाख डोज खोपबाट ४ लाख ५० हजार नेपालीलाई खोप दिने काम नेपालभर प्रथम चरणमा सम्पन्न भयो । याे भारतीय कम्पनीको खोपको प्रभावकारिता ६२ प्रतिशत भएको जानकारी दिईएको छ । अर्थात यो खोप लगाएकाहरु १०० मा ६२ जना कोरोना रोगबाट सुरक्षित रहनेछन ।

चीनले पनि ७८ प्रतिशत प्रभावकारिता भएको ८ लाख डोज कोरोनाको खोप नेपाललाई सहयोग स्वरुप दिने प्रतिबद्धता जनाएकोमा सो खोप प्राप्त भैसकेको छ । नेपाल सरकारले उक्त खोप चीनमा पढ्न जाने नेपाली बिद्यार्थीहरु र चीनतिर व्यापार गर्ने व्यापारी र सर्वसाधारण सबैलाई लगाउन सुरु गरेको छ ।

नेपालमा ५५ बर्ष भन्दा माथिका १० लाख नेपाली जनतालाई खोप दिनका लागि भारतबाट सहुलियत दरमा २० लाख मात्रा खोप खरिद गर्ने निर्णय गरेकोमा केबल १० लाख डाेज खाेप मात्रै हाल सम्म प्राप्त भएको छ।

अमेरिकाले कच्चा पदार्थ नपठाएकाले खाेन बनाउन नपाएकाे र नेपालमा पठाउन नपाएकाे भारतीय खाेप आपूर्ति कम्पनीकाे भनाई रहेकाे। अमेरिकाबाट कच्चा पदार्थ आएपछि खाेप बनाएर नेपालमा पठाउने प्राथमिकतामा राखेकाे कम्पनीकाे भनाइ ।

हिजो बैशाख १९ गते २७ कोरोना रोगीहरुको मृत्यु भएको सरकारले जनाएको छ । यो सँगै एकै दिनमा ३५ जना कोरोना रोगीहरु मरेको पुरानो उच्च रेकर्ड कायमै रहेको छ ।

नेपालमा कोरोना महामारीको दोस्रो पिक विज्ञहरुले भनेकै समय२०७८ बैशाख महिनामामा आएको छ । जेठ,असार र साउन सम्म पिक अवस्थामा रहने छ । त्यसैले सुरक्षाका सबै उपायहरु यथावत अपनाउनु पर्ने नेपाल सरकारले जनाएको छ ।

६५ बर्ष माथि उमेर भएका सबै नेपाली जनतालाई खोप लगाउने कार्य सरकारले सम्पन्न गरेको छ । संसारभर कोभिडको प्रकोप बढेको छ भने भारत र नेपालमा पनि अत्याधिक बढेको छ ।

नेपालमा नयाँ संक्रमण हुने दर २ प्रतिशत भन्दा तल झरी सकेकोमा हाल पुन: बढेर ४४ प्रतिशत नाघेको छ । अक्सीजनको अभावले कोरोना रोगीहरु अकालमा मर्न सक्ने संभावना नेपालमा पनि देखिएको छ । नेपालमा दैनिक ३० हजार कोरोना रोगीहरुका लागि पुग्ने प्राणबायु अक्सीजन उत्पादन गर्न सकिने क्षमता भए पनि सिलिण्डरको अभाव भएको उत्पादकहरुले जनाएका छन ।

सबै प्रमुख सरकारी अस्पतालहरुको अक्सीजन उत्पादन गर्ने प्लाण्टहरु बिग्रेकाले सिलिण्डरबाटै अक्सिजन दिने गरिएका छन । यो हुँदा एउटै बिरामीका लागि पनि २४ घण्टामा ३ सिलिण्डर सम्म अक्सीजन प्राणबायु चाहिने जानकारहरुले बताई रहेका छन ।

आज सन २०२१ मे ३ तारेखको मध्यरात्री सम्ममा संसारभर कोरोना रोगबाट मर्नेहरुको कुल संख्या ३,२१६,२४१ पुगेको छ । पछिल्लो २४ घण्टा भित्र मर्नेहरुको कुल संख्या ९,९६९ रहेको छ ।

अमेरिकामा ३१२, भारतमा ३,४२२, ब्राजिलमा १,२१० , रसियामा ३४२, फ्रान्समा ११३, ईटालीमा १४४, टर्कीमा ३४०, जर्मनी १२४, कोलम्वियामा ४८५, अर्जेन्टिनामा १५६, पोलैंडमा १४४, ईरानमा ३९४, मेक्सिकोमा २६१, युक्रेनमा १६०, पेरुमा २२७, ईण्डोनेशियामा १४४, चीलीमा १०४, हंगेरीमा १०१, पाकिस्तान ११३, कोरोना रोगीहरु पछिल्लो २४ घण्टा भित्र मरेका छन । बिश्वका अन्य मुलुकहरुमा मर्नेहरुको संख्या भने १०० भन्दा तलै छन तर धेरै युरोपियन मुलुकहरुमा मर्नेहरुको संख्या बृद्धि कायमै छ ।

विक्लीभेरिएसन अनुसार आज संसार भर मर्नेहरुको कुल संख्यामा पनि बृद्धि कायमै रहेको छ । बितेको २४ घन्टा भित्र मर्नेहरुको संख्या ९,९६९ रहेको छ । अमेरिकामा मर्नेहरुको संख्यामा १ हजारबाट केही तल झरी ३१२ भएको छ । संसार भरको कोरोनाको ताजा तथ्याङ्क निम्न छन : कुल कोरोना रोग संक्रमितहरुको संख्या १,५३,४,८५,०२० जना। कुल कोरोना रोगबाट मरेकाहरुको संख्या ३,२१६,२४१ जना कुल कोरोना रोगबाट मुक्तहरुको संख्या १३०,७९५,०५३ जना रहेका छन।