काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक वा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएमा ति विद्यालय एक साताका लागि बन्द गर्न निर्देशन दिएको छ ।
बुधबार बसेको मेयरस्तरीय बैठकले महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तीमा १ हप्ता बन्द गर्न निर्देशन दिएको हो ।
त्यस्तै, संक्रमण देखिएका विद्यालयमा उक्त अवधिमा वैकल्पिक माध्यम मार्फत कक्षा सञ्चालन गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पनि काठमाडौं महानगरले अनुरोध गरेको छ ।































