काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको लालपत्तामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले १ सय ९ औँ शाखारहित बैंकिङ सेवा अन्तरगत उक्त स्थानमा सेवा प्रारम्भ गरेको हो ।
बैंकले उक्त स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराइनेछ ।
बैंकले देशभर १६७ वटा शाखा, ११३ वटा एटिएम र १०९ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसैगरी बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग ग्राहकलाई वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गर्दै आएको छ ।





























