GB Koirala Banner Ad New

प्रतिनिधि सभा बैठक आज बस्दै, विभिन्न सात अध्यादेश पेस हुँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दै छ । संघीय संसद सचिवालयको अनुसार आज दिउँसो १ बजे बस्ने छ ।

यसअघि प्रतिनिधि सभा पुनर्स्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो । उक्त बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेका थिए ।

विरोधपछि सभामुख अग्नि सापकोटाले बैठक फागुन २५ सम्मका लागि स्थगन गरी फागुन २६ का लागि अर्को बैठक बोलाउनु भएको थियो । आजको बैठकमा विभिन्न ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । कांग्रेसले असंवैधानिक हुने गरी अध्यादेशहरू सरकारले ल्याएकोले संसदमा पेश हुन नदिने बताइरहेको छ ।