GB Koirala Banner Ad New

शिखर इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । शिखर इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २७.७६% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

समायोजनपछिको भाउ २ हजार ५२ रुपैयाँ तोकिएको छ । यही भाउलाई आधार मानेर कम्पनीको बुधबारको सेयर कारोबार खुल्नेछ। इन्स्योरेन्सले चैत ९ गते बस्ने ७१ औं वार्षिक साधारण सभाको लागि आज बुधबार फागुन २६ गतेदेखि बुक क्लोज गरेको हो ।

फागुन २५ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । यस इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को साधारण सभा एकै पटक बोलाएको हो । साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत असारमा बिक्री गरेको ३०% हकप्रद सेयरपछि कायम १ अर्ब ३६ करोड रुपैयाँमा यो बोनस सेयर प्रस्ताव गरेको हो ।

तसर्थ, उक्त ३०५ हकप्रद भर्नेले पनि लभाांश पाउनेछन् । यता, प्रस्तावित २७.७६% बोनस सेयरपश्चात कायम हुने चुक्ता पुँजीको पुनः अर्को ३०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने सेयर पुँजीमा सर्वसाधाण सेयरधनीको हिस्सा ४९% पुर्याउने विशेष प्रस्ताव गरेको छ ।

हाल संस्थापक सेयर पुँजीको हिस्सा ६०% रहेको छ भने सर्वसाधारणको ४०% हिस्सा छ । ‘सेयर कन्भर्जन’ पछि संस्थापक सेयरको हिस्सा ५१% र सर्वसाधारणको हिस्सा ४९% पुग्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव छ ।