काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा महिला सहयात्रा लघुवित्तको नाफामा आकर्षक वृद्धि भएको छ । यस अवधिमा खुद नाफा ८५४.९१% ले बढेर ४ करोड ३९ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ४६ लाख २ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएसँगै खुद नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी ६३.७२% ले बढेर १० करोड १४ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ६ करोड १९ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, गत वर्ष ६५ लाख ५७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको कम्पनीले यो वर्ष ६ करोड १३ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
चैत मसान्तसम्म आइपुग्दा महिला सहयात्राको प्रतिसेयर आम्दानी वार्षिक ४४ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९६ पैसा छ । चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ र जगेडा कोषमा ७ करोड ६० लाख ७९ हजार रुपैयाँ छ ।


























