काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले २ अर्ब ३२ करोड ३४ करोड ७३ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।
गत वर्षभन्दा यस वर्ष ९१ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब २१ करोड ५६ लाख ७३ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो ।
आम्दानी २२ प्रतिशत बढेको कम्पनीको खुद नाफा २१ दशमलव ८० प्रतिशत बढेको छ । गत वर्ष २० करोड ३२ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष २४ करोड ८० लाख आम्दानी गरेको छ ।
यस वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २० करोड ३४ लाख खुद नाफा गरेको छ । गत वर्ष यो नाफा १६ करोड ७० लाख रहेको थियो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ ।
सर्वसाधारणमा आईपीओ जारी गरी कम्पनीले २ अर्ब चुक्तापूँजी कायम गर्नेछ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ३७ दशमलव ७७ प्रतिशत बढेको छ । गत वर्ष ५९ करोड ७५ लाख रहेको जगेडा कोष रकम यस वर्ष ८२ करोड ३२ लाख कायम भएको छ ।
जीवन बीमा कोष रकम १३२ प्रतिशत बढेर २ अर्ब ३७ करोड २१ लाख पुगेको छ । कम्पनीले यस वर्ष कम्पनीले ७०९ प्रतिशत बढी ५ करोड २६ लाख बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ ।



























