GB Koirala Banner Ad New

जनउत्थान सामुदायिक लघुवित्तको ५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तको ५२% लाभांश सुरक्षित गर्ने आज वैशाख २२ गते अन्तिम दिन हो । वैशाख ३० गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले बिहीबार वैशाख २३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्रसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट ४९.४०% बोनस सेयर र कर तिर्न २.६०% नगद लाभांश वितरण गर्दैछ । सभामा बोनस सेयरपछि वृद्धि हुने चुक्ता पुँजी बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ । अधिकृत पुँजी १५ करोड रुपैयाँबाट बढाएर ५० करोड रुपैयाँ पुर्याइने एजेन्डा पनि छ ।

यता, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

यसैगरी, संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट बढाएर राष्ट्रियस्तरको बनाउने प्रस्ताव रहेको छ । जनउत्थानको सभा बुटवल उप महानगरपालिका, कालिकापथस्थित होटल न्यू इरामा बिहान ११ बजे सुरु हुनेछ ।