काठमाडौ । युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ७.५६% ले थोरै हो ।
गत वर्ष यसले ८ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, युनियन लाइफ इन्स्योरेन्सले चैत मसान्तसम्म ५ अर्ब ५ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ
यो गत वर्षको भन्दा ५९.३९% ले धेरै हो । गत वर्ष यसले ३ अर्ब १७ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यसले जीवन बिमा कोष पनि ३ अर्ब ६८ करोड रुपैयाँबाट बढाएर ६ अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ । युनियन लाइफ इन्स्योरेन्सले महाविपत्ति कोषमा ८ करोड ११ लाख रुपैयाँ छुट्याएको छ ।
हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले आइपीओ जारी गर्ने तयारी गरेको छ ।



























