काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा चैत २० गते बोलाएको छ । सभा होटल इस्टर्न प्यालेस इटहरी सुनसरीमा बिहान ९ बजेबाट सुरु हुनेछ । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ ।
लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । संस्थाले गत वर्ष भने १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश वितरण गरेको थियो ।
सभामा बैंकको आर्थिक वर्ष २०७६/०७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनका लागि सपोर्टले चैत ६ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्नेछ । चैत ५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।


























