GB Koirala Banner Ad New

ग्लोबल आइएमई लघुवित्तको एक दिने आँखाशिबिर

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सबैलाले शनिवार एक दिने आँखा शिविर सम्पन्न गरेको छ । एक दिने शिविरमा ४५६ जना भन्दा धेरै स्थानीयहरुले आँखाजाचँ गराएका थिए।

साथै उत्त शिविरमा आँखा जाचँको क्रममा ७० जनामा मोतिविन्दु देखिएको छ। मोतिविन्दु देखिएकाहरुलाई संस्थाले आगामी फागुण २८ गते बर्दिवास आँखा अस्पतालमा निःशुल्क आँखाको शल्यक्रियाको व्यवस्था गरेको सबैला शाखा कार्यालयका प्रमुख चुडामणी खत्रीले जानकारी दिए ।

साथै यस कार्यक्रमको उद्घाटन गर्दै समारोहमा प्रमुख अतिथी सबैला नगरपालिकाका नगर प्रमुख उदयशंकर शाहले वित्तीय संस्थाले सबैला नगरपालिकामा विभिन्न कार्यक्रम गरेर नगर बासीलाई सेवा दिएकोमा खुशी प्रकट गर्दे आगामी दिनमा पनि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाबाट दिईने सेवा सुविधा लिन हुन अनुरोध गरे।

कार्यक्रममा सबैला उद्योग वाणिज्य संघको अध्यक्ष रामचन्द्र जयसवाल लगायतका व्यक्तित्वले मन्तव्य राख्नुका साथै कार्यक्रमको सभापतित्व ग्रहण वित्तीय संस्थाका ग्राहक सदस्य रञ्जनाकुमारी रायले गरेकी थिइन।

वित्तीय संस्थाका अनुगमन तथा अशुली बिभाग प्रमुख यती राज पौडेल, प्रदेश प्रमुख गोबिन्द पन्त, अनुगमन अधिकृत लक्ष्मण यादब लगायतको उपस्थीती रहेको थियो।

ग्लोबल आइएमई लघुवित्तले पोखरामा रहेको स्पर्स लघुवित्तलाई प्राप्ती गर्ने कार्य अन्तिम चरणमा रहेको छ । यस वित्तीय संस्थाले हाल एक लाख ग्राहक सदस्यलाई सेवा दिदै आएको छ भने कर्जा लगानीमा ४ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढि रहेको र ७६ शाखा बाट सेवा दिदै आईरहेको छ ।