काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको २१.०५% लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । अब, कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश हात पार्नेछन् ।
तर, कम्पनीले हालसम्म एजीएम बस्ने मितिबारे जानकारी भने गराएको छैन । महुलीले गत वर्षको नाफाबाट २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश दिने घोषणा गरेको छ ।
यसर्थ, कम्पनीले ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको रकम बोनस वितरणमा खर्च गर्नेछ । यस्तै, १९ लाख ५९ हजार ५१० रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
























