GB Koirala Banner Ad New

सर्वसाधारणले समेत खरिद गर्न मिल्ने जानकी फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं : जानकी फाइनान्सले ५८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (असार २७ गते) बाट ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाममा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।