GB Koirala Banner Ad New

युनियन लाइफ इन्स्योरन्सको सञ्चालकबाट शेखर गोल्छा बाहिरिए 

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लाइसेन्स पाएको हिमालयन रि इन्स्योरन्स कम्पनीको अध्यक्ष बन्नका लागि नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले युनियन लाइफको सञ्चालक पदबाट बाहिरिएका छन् ।

स्रोतका अनुसार गोल्छाले केहि दिन अगाडी नै युनियनको सञ्चालक पदबाट राजिनामा दिएका थिए । हिमालयन रि ले लाइसेन्स पाउनेमा ढुक्क रहेको यस समुहले गोल्छालाई अध्यक्ष बनाउन खोजेको बुझिएको छ । युनियनमा गोल्छाको २० प्रतिशत शेयर रहेको छ ।

हिमालयनमा गोल्छा लगायत बीमा क्षेत्रकै अन्य लगानीकर्ताको प्रमुख लगानी रहेको छ । नेपाल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष भवानी राणाको नेशनल लाइफमा पनि प्रमुख लगानी रहेको छ ।

उनि नेशनल लाइफको सञ्चालक हुन् । त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारकाको ज्योति लाइफमा प्रमुख शेयर रहेको छ । उनि ज्योति लाइफको सञ्चालक हुन् । अहिले नयाँ लाइसेन्स पाएको हिमालयनमा मुरारकाको प्रमुख हिस्सा रहेको छ ।

युनियन लाइफको अध्यक्ष शाहील अग्रवालको पनि हिमालयनमा प्रमुख शेयर हिस्सा रहेको छ । बीमा क्षेत्रकै लगानीकर्ताहरुको समुहले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हात पारेका छन् ।