GB Koirala Banner Ad New

ज्योति लाइफको आइपीओ ३२.९२% आवेदकले मात्र पाउने, कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं ।  ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । यसमा १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका छन् ।

यो आवेदन हालसम्मकै उच्च हो । यसमा गोलाप्रथा मार्फत ५ लाख ९४ हजार जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताको दरले आइपीओ पाउने छन् ।

तसर्थ, कुल आवेदकमध्ये ३२.९२% आवेदकले मात्र सेयर पाउनेछन् । बाँकी ६७.०८% आवेदकको हात खाली हुनेछ । यद्दपि, आवेदन रुजु गर्ने काम अझै बाँकी रहेकाले आवेदक संख्यामा तलमाथि हुनसक्ने सम्भावना रहेको छ ।

कहिले हुन्छ बाँडफाँट ?
ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट यसै साताभित्र हुनसक्ने सम्भावना रहेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ ।

एनएमबि क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अझै बाँकी रहेका कारण मिति टुंगो लाग्न भने सकेको छैन । रुजुको काम सकिएमा यसै साता बाँडफाँट हुने र नसकिएमा अर्को साता लाग्ने बिक्री प्रबन्धको भनाई छ ।

ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि कुल ५९ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कुल ६६ लाख कित्तामध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता नै म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।