GB Koirala Banner Ad New

६ महिनामा भित्रियो सात खर्ब २६ अर्ब रेमिटेन्स

राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको आर्थिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिटेयान्स भित्रिएको छ।

गत वर्षको यही अवधिमा पाँच खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आवमा यो दर २५.३ प्रतिशतले वृद्धि भएको हो।

यो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उच्च दरमा कमी आएको छ। छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १८ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षभरीमा वैदेशिक रोजगारी र अध्ययनमा जानेको संख्या १० लाख हाराहारी थियो। गत वर्ष गएकाहरूले रेमिटेन्स पठाउन थालेपछि पुनः यो वर्ष रेमिटेन्स भित्रिने दर बढेको हो।