काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेतले आफ्नो नाममा रहेको तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । इलाम नगरपालिका-१ साखेजुङमा रहेको तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको जग्गा उनले आधारभूत स्वास्थ्य उपकेन्द्रलाई दिएका हुन् ।
बुवाको इच्छामा उक्त जग्गामा स्वास्थ्य संस्थालाई प्रदान गरेको निश्चलले बताए । मालपोतमा जग्गा दान गर्न उनी बुवासँगै कार्यालयमा पुगेका थिए ।
कामको कुरा गर्दा निश्चलको आगामी फिल्म ‘बेहुली फ्रम मेघौली’ फागुनदेखि छायांकनमा जाने तयारीमा छ । सन् २०८१ सालमा दुई फिल्म निर्देशन गर्ने उनको तयारी छ । निश्चलको पछिल्लो निर्देशकीय फिल्म ‘दिमाग खराब’ थियो ।






























